परकम्प बाँकी नै छ, एकजुट भएर स्थानीय चुनावको तयारीमा लागौँ’-मोहनमाया

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले पार्टीलाई एक बनाएर स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नु पर्ने बताएकी छन् । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षको प्रतिवेदनमा धारणा राख्दै ढकालले फागुनको निर्वाचनले पार्टीलाई ठूलो धक्का दिएको र त्यसका पराकम्प अझै आइरहेको बताइन् ।

स्थानीय तहको चुनावमा आउन सक्ने झन् ठूलो धक्काको आजैबाट प्रतिरोध गर्ने सामर्थ्य पार्टीले तयार गर्नुपर्ने उनको भनाइ छ ।

frontline

‘पार्टीप्रति जनतामा किन किन निराशा छाएको छ । त्यसको एक धक्का हामीले गत निर्वाचनमा व्योहोरियौँ । त्यसको पराकम्प साम्य नहुँदै अर्को चुनावी धक्काको तयारी हुँदैछ’ ढकालले भनिन् ‘तर पार्टीभित्रको एकता,कार्यकर्ताप्रतिको सम्मान र जनताप्रतिको जवाफदेहिताले हामी यो धक्काको सामना गरेर विजय हासिल गर्न सक्छौँ ।’

वीरेन्द्रनगर नगरपालिकाकी मेयर समेत रहेकी ढकालले पार्टी र संगठनप्रति प्रतिवद्ध हजारौँ कार्यकर्ता मैदान रहेकोले एमालेले निराश हुनुपर्ने अवस्था नभएको उनले बताइन् ।

‘मैदानमा हजारौँ प्रतिबद्ध कार्यकर्ता र हामीलाई माया गर्ने मतदाता छन्’ ढकालले भनिन् ‘गत निर्वाचनमा कोही अल्गोरिदमको प्रभावमा परे । कसैले हाम्रा कार्यशैलीमा असहमती राखेर मत बदले । उनीहरुको मन एमालेमै छ । अबको निर्वाचनमा मनसँगै मत पनि एमालेमै हाल्ने वातावरण बनाउन सबैले तह अनुसारको जिम्मेवारी निर्वाह गरौं ।’

अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रष्तुत गरेको प्रतिवेदनको अंश उधृत गर्दै उनले जनताप्रतिको विश्वास फर्काएर आगामी निर्वाचन जित्न सकिने बताइन् ।

‘ अध्यक्षज्यूको प्रतिवेदनमा उल्लेख भए अनुसार नै जनताको मन बुझेर,गल्ती सच्याएर,संवाद सुधारेर,संगठन जगाएर,नीति स्पष्ट पारेर र नयाँ विश्वास बनाएर आगामी चुनाव जित्न सकिन्छ ’ ढकालले भनिन् ‘प्रतिवेदनको यो अंश जिम्मेवारीमा भएका सबै कमरेडहरुले पुरा गरौं । पार्टीको पक्षमा माहोल फर्कन्छ ।’

धेरै समयपछि बैठक बसेको र र चुनावको चहलपहल सुरु भइसकेकोले यस बैठकमा स्थानीय तहको चुनावी रणनीति र एजेण्डाका बारेमा पनि छलफल हुनुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here