पनौती-तालढुंगा सडक विस्तारको काम पुनः सुरु

श्रोत: ईन्टरनेट

पनौती। काभ्रेको पनौती-खोपासी-कामीडाडाँ-तालढुंगा सडक विस्तारको काम पुनः सुरु भएको छ । अघिल्लो बर्ष नगरपालिकाको खोपासी पुलबाट काम सुरू गराएपनि बजेट सकिएपछि काम रोकिएको थियो ।

पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीका अनुसार पनौती-खोपासी-कामीडाडाँ-तालढुंगा सडक विस्तार तथा स्तरोन्नतिका लागि संघीय सरकारबाट बजेट स्वीकृत भई ठेक्का सम्झौता भएर काम समेत सुरू भईसकेको छ ।

frontline

नगरपालिकाले आफ्नो क्षेत्रमा विस्तार र स्तरोन्नति हुने सडकको दायाँ बायाँ सिमाङ्कन पनि सकाएको छ ।

नगरप्रमुख भिम प्रसाद न्यौपानेको टोलीले आज सिमाङ्कनको काम टुङ्ग्याउएको हो । पनौतीको सोह्रखुट्टे पाटि देखि खोपासी बजारसम्मको सिमाङ्कन गरिएको छ । नाली, ड्रेन सहित बेथानचोक गाउँपालिकाको वडा नम्बर ५ च्याल्टिसम्म सडक विस्तार तथा स्तरोन्नति गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here