पत्रकार राईको निधन रहस्यमय भएको भन्दै हङकङबाट निष्पक्ष छानबिनको माग

४ पुस, हङकङ । नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन रहस्यमय भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ।

किरात राई यायोक्खा हङकङको अग्रसरतामा अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राईसहित अन्य संघसंस्थाका प्रतिनिधि लगायतले हङकङ स्थित महावाणिज्यदूतावासको कार्यालयमा मागपत्र बुझाएका छन्। 

frontline

पत्रमा स्वर्गीय राईको शव प्रकृतिदेखि पोष्टमार्टम रिपार्ट शंकास्पद देखिएको, घटनास्थल र सँगै गएका साथीका बारेमा स्पष्ट तथ्य बाहिर नआएको कारण घटना थप रहस्यमय बन्दै गइरहेकाले यथाशिघ्र छानविन र सत्यतथ्य बाहिर ल्याउन महावाणिज्यदूतावास मार्फत नेपाल सरकारलाई माग गरिएको छ। 

हङकङमा निडर पत्रकारको छवि बनाएका सामाजिक अगुवा राईको मृत्यु अस्वभाविक भएको भन्दै अनुसन्धानका लागि किरात याक्थुम चुम्लुङ, सुनुवार समाज, किरात याक्खा छुम्मा, तमु ट्हो ह्युल, शेर्पा क्यिदुक, तामाङ घेदुङ, चाम्लिङ खाम्बातिम, साम्पाङ जुम्लेखा, पुमा तुप्खाबाङखाला, वान्तवा खिम, थुलुङ सामा, कोयी किम, बायुङ सुम्रिखिम, दुमी फन्सिकिम, नेपाल सोसाईटी हङकङले सामुहिक प्रतिवद्धता जनाएका थिए। 

घटनाको अनुसन्धानकै लागि गैह्र आवाशीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाली आदिवासी जनजाती महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाली पत्रकार महासंघ हङकङले पनि महावाणिज्य दूतावासमा मागपत्र बुझाउने तयारी गरिरहेको जनजाति महासंघका उपाध्यक्ष कृष्णराज लाओतीले बताए।  

यसअघि पनि स्वर्गीय राईको परिवारको तर्फबाट छोरा अरिम राईले घटनाको सुक्ष्म अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा निवेदन दिएका थिए। 
पत्रकार राई कात्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाको पंखु खोला नजिकै भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here