पत्रकार महासङ्घद्वारा सञ्चार गृहहरुमा अनुगमन

काठमाण्डु । नेपाल पत्रकार महासङ्घले सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमण दर बढेसँगै श्रमजीवी पत्रकारहरुमा श्रम समस्या बढ्दै गएका गुनासाहरू आएपछि महासङ्घले सञ्चार गृहहरूको अनुगमन गर्ने भएको हो ।

frontline

आइतबार महासङ्घका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै महासङ्घको केन्द्रीय समितिले असार सोमबारदेखि विभिन्न सञ्चार गृहहरुमा अनुगमन गर्ने भएको बताए ।

अनुगमनपश्चात् अनुगमन समितिबाट प्राप्त प्रतिवेदनका आधारमा सञ्चार गृहका सम्बन्धमा आवश्यक निर्णय लिएर महासंघ दबाब मूलक कार्यक्रम र कानुनी सङ्घर्षमा जाने पनि बताइएको छ ।

कोरोना संक्रमणलाई बहाना बनाउँदै केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरूलाई कामबाट हटाउने, पारिश्रमिक नदिने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिनेजस्ता क्रियाकलाप बढाएको प्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।

विज्ञप्तिमा कोरोना सङ्क्रमणका कारण उत्पन्न यो कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन नमिल्ने ठहर गरिएको छ ।

यो विषम अवस्थामा महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न समेत विज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here