पतञ्जली योग पिठले कोरोनिल किट हस्तान्तरण

काठमाडौं । काभ्रेपलाञ्चोक पतञ्जली योग पिठ नेपालले नेपाल सरकारलाई कोरोनिल किट हस्तान्तरण गरेको छ ।

कोरोना संक्रमण भएका विरामीहरुलाई चाँडै निको हुने तथा सक्रमण नभएका ब्यक्तिहरुलाई संक्रमण हुन नदिने गरी शरिरको रोग सँग लडन सक्ने शक्ति बढाउन उपयुक्त हुने ठानेर हस्तान्तरण गरेको पतञ्जली योगपिठ नेपालका ट्रष्टी शालिकराम सिंहले जानकारी दिनुभयो ।

frontline

पहिलो चरणमा १ सय बक्सा कोरोनिल किट मन्त्री ह‍ृदयेश त्रिपाठी र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महत्तोलाई ट्रष्टी शालिकराम सिंह, नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं पतञ्जली योग समितिका सल्लाहकार सुरकृष्ण बैद्य, पतञ्जली योग समिति बागमति प्रदेश समितिका अध्यक्ष ग्रुवेन तौजले लगायतले कोरोनिल किट हस्तान्तरण गर्नु भएको हो ।

तत्कालै २ करोड रुपैया बराबरको सामाग्री नेपाल सरकारलाई उपलव्ध गराउने सिंहले बताउनुभयो ।

सरकारले महामारीका बीच सहयोग लिन र दिन एकद्वार प्रणाली लागु गरेको बताउनुहुँदै मन्त्री हृदयेश त्रिपाठीले आफैले पतञ्जली योग पिठमा आचार्य जीसँग कुराकानी गरेर कोरोनिकल किट मगाएको बताउनुभयो ।

मन्त्री त्रिपाठीले सहयोगिहरुलाई धन्यवाद र आभार ब्यक्त गर्दै सहयोग निरन्तर गर्न अनुरोध गर्नुभयो ।-

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here