पगरी गुथेर बिबाहमा हिँडेको बेहुला पक्राउ

८ मंसिर, एजेन्सी । स्वयम्बर भइसकेको होस् । विवाह मण्डव सजाएर झकिझकाउ होस् । जन्ती गीतमा नाचिरहेका हुन् । त्यस्तो बेला जग्गेमा बसेका बेहुला एक्कासी हिरासतमा पुगे भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्ला ?

यस्तै भयो बिहारको खगडिया भन्ने स्थानमा । सबैथोकको तयारी थियो । सबै विवाहको उत्सव मनाइरहेका थिए ।

frontline

विवाहको मुख्य आकर्षण मध्येको एक बेहुलाको करतुत सार्वजनिक भई जेल पुगेका छन् । यो घटना खगडिया जिल्लाको परबता थानाको तेमथा गाउँको हो ।

उक्त गाउँका राहुल कुमार मिश्र आफ्नो घरबाट विवाहका लागि निस्किएका थिए । यसैबीच झारखण्डको धनबादबाट पुगेको प्रहरीले बेहुलालाई गिरफ्तार गरेको हो ।

राहुल मिश्राका बिरुद्ध प्रहरी थानामा पूर्व प्रमिकाले बिहेको आशा देखाएर शारीरिक शोषण गरेको भन्दै उजुरी दिएकी थिइन् । । पूर्व प्रेमिकाले युवक अर्की युवतीसँग विवाह गर्न गइरहेको भन्ने थाहा पाएर प्रहरीलाई खबर गरेकी थिइन् ।

बेहुलालाई पगरी गुथेर बिबाहमा हिँडेको अवस्थामा पक्राउ गरेको हो । ती युवती स्थानीय विद्यालयमा शिक्षिका हुन् । दुबै लामो समयदेखि प्रेममा रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here