नौमुरे जलविद्युत् निर्माण प्रक्रिया अघि बढ्यो अर्घाखाँची

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ७ ( साविक जलुके-२) मा पर्ने नौमुरे जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाइने भएको छ ।

दुई हप्ता भित्रमा नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यालय स्थापना गरी प्यूठान र अर्घाखाँचीको सिमानास्थित जलुकेमा पर्ने २८१ मेगावाट (२१८;५५;८) क्षमताको जलविद्युत् आायेजना निर्माणको कार्य अघि बढाइने भएको हो ।

frontline

मलारानी गाउँपालिकाको आयोजनामा सम्पन्न बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले उक्त कुरा बताउनुभएको हो । रायमाझीले भने;  “नौमुरे जलविद्युत आयोजना तथा ३० हजार बढि हेक्टरमा सिंचाइ, बहुआयामिक पर्यटकिय क्षेत्र लगायतको याेजना उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले तत्कालै अगाडि बढाएको छ ।”

वर्षौंदेखि अलपत्र अवस्थामा रहेको आयोजनाको सर्वे गर्न थालिएपछि निर्माणकाे कार्य अघि बढ्ने आशा स्थानीयमा पलाएको छ। भारतले सित्तैमा बनाइदिने भनेको लामो समय बितिसक्दा पनि निर्माण प्रक्रिया अघि नबढेपछि सरकार आफैँले यसको निर्माणमा चासो देखाएको हो । पञ्चायती शासनकै बेला २०४४ सालमा सर्वेक्षण गरेर निर्माण थालेपछि अलपत्र परेको थियो ।

२०४४ देखि ०४६ सम्म लगाएर सर्वे गरिएको आयोजनाको निर्माण कार्य सुरु भएको केहि समयमै बन्द भएको थियो। यो आयोजना निर्माण कार्य सम्पन्न गर्ने विषयलाई निर्वाचनमा उम्मेद्वारहरुले चुनावी नारा बनाउने गर्छन। गत प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्वारहरुले पनि नौमुरेलाई मुख्य चुनावी एजेण्डाको रुपमा अघि सारेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here