नोरू आँधी तीव्र गतिमा राजधानी मनिलातर्फ आउँदै, मानिसलाई स्थानान्तरण गर्न सुरु

९ असोज, मनिला । फिलिपिन्सको राजधानी मनिलास्थित लुजोन टापुमा शक्तिशाली आँधी तीव्र गतिमा घनाबस्तीतर्फ मोडिन थालेपछि सो क्षेत्रबाट मानिसहरूलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । 

नोरू आँधीको तीव्रता भयावह रूपमा बढेसँगै सुपर आँधीमा परिणत भएको छ  । जुन शनिबार साँझ १२० किलोमिटर प्रतिघण्टाको वेगमा बगेको आँधी आइतबार बिहान १८५ किलोमिटर प्रतिघण्टाको गतिमा बढेको विपद् एजेन्सीले जानकारी दिएको छ । 

frontline

यस वर्ष फिलिपिन्समा प्रहार गर्ने सबैभन्दा शक्तिशाली आँधीले स्थानीय समयअनुसार दिउँसो वा साँझ मनिलाको ८० किलोमिटर उत्तरपूर्वमा अवतरण गर्ने र बलियो हुँदै जाने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अल्जजिराले जनाएको छ । 

फिलिपिन्समा नियमित रूपमा आँधीबेहरीले विनाश गरिरहेको छ । जलवायु परिवर्तनको कारणले संसारको तापक्रम बढ्दै जाँदा यस्ता विपद्हरू अझ शक्तिशाली बन्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।अल्जजिराबाट ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here