नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

८ मंसिर, काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । निर्वाचनपछि खुलेको बजारमा लगातार दुई दिन ७÷७ अंकले घटेकोमा तेस्रो दिन ११.५६ अंकले बढ्दै १९३३.५५ अंकमा उक्लिएको हो । 

यद्यपि, ११ अंकमाथिले बढेको बजारमा आज कारोबार रकममा भने गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका यस दिन ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ । अघिल्लो दिन ७ अंकले नेप्से घटेको बजारमा १ अर्ब २ करोड माथिको कारोबार भएको थियो । 

frontline

आज निर्जीवन बीमा समूह बाहेक १२ वटा समूहको उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक १.२७ प्रतिशतले बढेको छ भने आज निजीवन बीमा समूहको उपसूचक ०.०४ प्रतिशतले घट्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here