नेप्से परिसूचकमा सामान्य सुधार

४ पुस, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । लगातार घटिरहेको सेयर बजार आज उकालो लागेको हो ।

नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ । आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो । 

frontline

आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ।

यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ ।

धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ ।

आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य इन्डेक्समा करिब २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।-न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here