नेप्से दोहोरो अंकले बढ्यो

१२ साउन, काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । बुधबार २४ अंकले बढेको नेप्से आज १५.४४ अंक (०.७३ प्रतिशत)ले बढेर दुई हजार १२७.४७ को विन्दुमा पुगेको छ ।

आज दिनभर २२१ कम्पनीका एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भएको छ।

frontline

दिनभर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४०५.६२ को विन्दुमा पुगेको छ।

आज १३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने तीनवटा उपसमूहको परिसूचक घटेको छ । आज सर्वाधिक धेरै फाइनान्स समूहको ३.१३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here