नेप्से चार महिनायताकै उच्च विन्दुमा, ९ अर्ब माथिको सेयर कारोबार

२ माघ, काठमाडौं । सेयर कारोबारको पहिलो दिन नेप्से परिसूचक ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा पुगेको छ।

यसँगै नेप्से चार महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि नेप्से भदौ २९ गते २९ सय २९.२९ विन्दुमा पुगेर बन्द भएको थियो।

frontline

त्यसपछि भने नेप्से लगातार ओरालो लागेको थियो। आइतबार सेन्सेटिभ इण्डेक्स ११.८१ अंकले बढेको छ। नेप्से बढेसँगै यसदिन कारोबार रकममा पनि उच्च वृद्धि भएको छ।

२२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँमा खरिदबिक्री भएको छ।

यसदिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशतले बढेको छ।

अन्य समूहको ३ प्रतिशतभन्दा बढीले बढेको छ। यसैगरी बैंकिङ,व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीव बीमा र जीवन बीमा समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको हो।

यस्तै होटल तथा पर्यटन,लघुवित्त, म्युचुअल फन्ड र लगानी समूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यसदिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड ४६ लाखभन्दा बढी रुपैयाँमा सेयर कारोबार भयो।

यसैगरी अपि पावर, अमर तामाकोशी, शिवम् सिमेन्टस,नेपाल इन्फ्रास्ट्रक्चर र एचआइडीसीएलको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here