नेपाली युवाको हृदयघातका कारण अमेरिकामा मृत्यु

सोमबार, पर्वत । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ ।

फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

frontline

विगत पाँच वर्षअघि मात्र अमेरिका पुग्नुभएका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनुभएको थियो ।

अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उहाँलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उहाँको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्दले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here