नेपाली बजारमा कडा टक्कर दिन भित्रियो जिलीको ईएक्स ५ इभी
काठमाडौँ । नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू भित्रिने क्रम जारी छ । नयाँ नयाँ मोडलहरू भित्रिरहँदा ग्राहकहरूका लागि पनि विकल्पहरू थपिँदै गएका छन् भने ब्राण्डहरूबिचको प्रतिस्पर्धा समेत तीव्र बन्दै गएको छ ।
यसैबिच हालै चीनको पहिलो निजी स्वामित्वको र सबैभन्दा ठूलोमध्येको एक जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स५ सिरिज नेपाल भित्रिएको छ ।
एलआरआर मोटर्सले विशेषगरी नाडा अटो सो २०२५ लाई लक्षित गरी जिलीका २ मोडल जिली ईएक्स५ प्रो र जिली ईएक्स५ म्याक्स भित्राएसँगै उत्पादनको छोटो समयभित्रै विश्वव्यापीरुपमा चर्चा बटुल्न सफल भएको छ । गाडीहरुमाथि नेपाली उपभोक्ताको पहुँच सुनिश्चित भएको हो ।
नेपाली ईभी बजारमा डिजाइन, प्रविधि, ब्याट्री क्षमता र मूल्यको दृष्टिले अन्य मोडलको भन्दा यी मोडलहरूको बढी प्रतिस्पर्धात्मक लाभ रहेको देखिन्छ । यी मोडलहरू स्नो–ह्वाइट, फ्रोस्टी ग्रे, मूनलाइट सिल्भर, कार्बन ब्ल्याक र टुक्र्वोइज ग्रिन गरी ५ आकर्षक रङमा उपलब्ध छन् ।
दुवै मोडलमा ६०.२ किलोवाट/घण्टा क्षमता भएको एलएफपी सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जुन अन्य सामान्य सर्ट ब्लेड ब्याट्रीभन्दा सुरक्षा, ऊर्जा घनत्व, प्रभावकारीता र दिगोपनाको दृष्टिकोणले उच्चस्तरीय मानिन्छ ।
दुबै मोडल आकर्षक डिजाइनमा तयार पारिएको छ । नेपाली बजारका लागि ईएमएक्स५ प्रो को मूल्य ५८ लाख रुपैयाँ तोकिएको छ भने ईएमएक्स५ म्याक्सको ६८ लाख रुपैयाँ तोकिएको छ ।
आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक प्रविधि र लक्जरी इन्टेरियरका कारण यी मोडलहरू नेपाली उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीको विश्वास छ ।
प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार १२ : ५२ बजे






प्रतिक्रिया दिनुहोस्