नेपाली कांग्रेसले थप १६ जिल्लाका सदस्यको विवरण वेवसाइट मार्फत् सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले थप १६ जिल्लाका क्रियाशील र नवीकरण गरिएका सदस्यको विवरण वेवसाइटमार्फत् सार्वजनिक गरेको छ।

यसअघि कांग्रेसले ४५ जिल्लाका ८० स्थानबाट अपलोड भएका क्रियाशील सदस्यताको विवरण वेवसाइटबाट सार्वजनिक गरेको थियो।

frontline

केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार पार्टीको वेवसाइट www.nepalicongress.org मा क्रियाशीलको विवरण सार्वजनिक भएको छ।

सार्वजनिक भएका नामका उपर कुनै उजुरी वा गुनासा भएमा info@nepalicongress.org मा लिखित उजुरी दिन सकिने कांग्रेसले जनाएको छ।

कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने बताएको छ।

सबै जिल्लामा क्रियाशील सदस्यता वितरण नसकिँदा पार्टीका तल्ला तहमा आउनै लागेको अधिवेशन प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here