नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं : आइसिसी विश्वकप लिग- २ अन्तर्गत दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ। नेपालको लागि अन्तिम श्रृङ्खलाको ओमानसँगको खेल नेपाली समयअनुसार ११: १५ मा सुरु हुनेछ।

घरेलु टोलीसँग नेपालले जितको लक्ष्य सहित खेल्नेछ। नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै यो श्रृंखलाको सुखद सुरुवात गरेको छ। नेपालले सोही लयलाई कायम राख्न चाहन्छ। 

frontline

अंकतालिकामा ओमान चौथो स्थानमा रहेको छ। ओमानसँग ३३ अंक रहेको छ। नेपाल भने ३३ खेल खेलेर २६ अंक लिएर छैटौं स्थानमा रहेको छ। 

यो श्रृङ्खला नेपालको लागि एकदिवसीय मान्यता जोगाउनको लागि निकै महत्वपूर्ण छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here