विराटनगरमा सुरु भयो मुख्यमन्त्री सम्मेलन

विराटनगर : संघीयता कार्यान्वयनमा देखिएका गाँठा फुकाउने र प्रदेशका अधिकार स्थापित गर्न संघीय सरकारमाथि सामूहिक दबाब सिर्जना गर्ने उद्देश्यसहित विराटनगरमा मुख्यमन्त्री जुटेका छन्। कोशी प्रदेश सरकारको आयोजित  सम्मेलनकाे मंगलबार बिहान मुख्यमन्त्रीहरूले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

अन्तरप्रदेश समन्वय तथा अनुभव आदानप्रदान सम्मेलनमा प्रदेशका साझा समस्या र समाधानका उपायको बारेमा छलफल हुनेछ। दुई दिनसम्म चल्ने सम्मेलनलाई प्रदेश सरकारहरूले आफ्ना अधिकार, आर्थिक स्रोत र प्रशासनिक स्वायत्तताका सवालमा साझा धारणा बनाउने अवसरका रूपमा लिएका छन्। लामो समयदेखि अलगअलग रूपमा उठ्दै आएका प्रदेशका मागलाई एउटै एजेन्डामा समेटेर संघीय सरकारको ध्यानाकर्षण गराउने सम्मेलनको मुख्य उद्देश्य छ।

frontline

सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका किरण थापामगर, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य र कर्णालीका मंगलबहादुर शाही सहभागी छन्।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने बजेटसम्बन्धी विवादका कारण उनको विराटनगर आउन ढिलाई भएको छ। भट्टको स्थानमा सुदूरपश्चिमका प्रमुख सचिव सम्मेलनमा सहभागी हुन आएका छन्।

सम्मेलनमा मुख्यमन्त्रीसँगै प्रत्येक प्रदेशका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी हुनेछ। प्रदेशहरूले भोग्दै आएका प्रशासनिक जटिलता, संघ र प्रदेशबीच अधिकारको बाँडफाँट, वित्तीय संघीयता तथा आर्थिक स्रोतको न्यायोचित वितरण छलफलका प्रमुख विषय हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here