नेपालले अष्ट्रेलियाविरुद्ध खेल्ने टिममा ५ खेलाडी परिवर्तन
काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।
उक्त खेलमा नेपालको पहिलो रोजाईको टिम सार्वजनिक भएको छ ।
जसमा ५ खेलाडी परिवर्तन गरिएको छ ।
जोर्डनविरुद्ध खेलेको नेपाली टिमबाट आज ५ खेलाडी परिवर्तन गरिएको हो ।
फरवार्ड अन्जन विष्ट आज बेन्चमा छन् भने नवयुग श्रेष्ठ पहिलो रोजाईमा छन् ।
अघिल्लो खेल खेलेका अन्जनसहित अभिषेक रिजाल, सन्तोष तामाङ, दिनेश राजवंशी आज बेन्चमा छन् भने विकास खवास चोटका कारण खेल्न नसक्ने भएका छन् ।
उनीहरुको स्थानमा नवयुगसहित सुनील बल, एरिक विष्ट, विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईमा खेल्दैछन् ।
छनोटको समूह बी मा रहेको नेपालले यसअघि ७ खेल खेल्दा ५ खेल हारेको थियो भने २ खेल मात्र जितेको थियो ।
प्रतिक्रिया दिनुहोस्