नेपालका तिनै म्याराथोन रुटको नापी हुने

९ भदौ, काठमाडौं । काठमाडौ म्याराथोन , पोखरा म्याराथोन र नेपालगञ्ज म्याराथोनको नापीका लागि AIMS – Association of International Marathon and Distance Running का आधिकारीक course Measurer Mr. Amir Shandiwan हिजो नेपाल आइपगेका छन्।

वहाँले नेपाल पुगे लगतै हिजो राति नै त्रिपुरेश्वर बाट शुरु भै काठमाडौ, ललितपुर, भक्तपुर र थिमी को बाटो भइ त्रिपुरेश्वर दशरथ रंगशालामा सम्पन्न हुने काठमाडौ म्याराथोनको रुट नापी गरिसकेको छ ।

frontline

भोली नै वहाँ पोखरा गइ पोखरा म्याराथोनको रुट नापी गर्ने छन् त्यस पश्चात नेपालगञ्ज म्याराथोनको रुट नापी गर्नेछ ।

वहाँ यस काठमाडौ म्याराथोनका मुख्य आयोजक श्री निलेन्द्र राज श्रेष्ठ ( नेपाल ओलम्पिक कमिटीका महासचिव एवं नेपाल ट्रायथलन संघका अध्यक्ष ) को संयोजकत्वमा नेपाल आउनु भएको हो।

तिनै वटा म्याराथोनको रुट नापी गरि रिपोर्ट AIMS मा पठाए पछि केहि दिन मानै नेपालमा भएका तिनै वटा म्याराथोन लाई AIMS Certified Route भनी प्रमाणित गरि प्रमाणपत्र प्रदान गर्नेछ ।

त्यस पश्चात अब उपरान्त नेपालमा म्याराथोनका दुरी पुगेको नपुगेको भन्ने विवादको अन्त्य हुनेछ ।

साथै नेपालका तिनै वटा म्याराथोन अन्र्तराष्ट्रिय मापदण्ड अनुसार संचालन भएको म्याराथोनको रुपमा प्रमाणित हुनेछ । म्याराथोन दौडको दुरी ४२ . १९५ कि.मी. हुनै पर्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here