नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न पायो अनुमति

श्रोत : ईन्टरनेट

२१ मंसिर, काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खतराजन्य पदार्थ ओसारपसार गर्न अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले खतराजन्य पदार्थ ओसारपसार अनुमति पत्र  निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्रदान गरेका हुन् ।

“खतराजन्य पदार्थ ओसारपसारको अनुमतिको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको (आईएस्को) एनएकस–१८ तथा डीओसी ९२८४ मा उल्लेख भएका खतराजन्य पदार्थसम्बन्धी प्रावधानहरू पूरा गरेपपछि नेवानिका ए–३२० र ए–३३० जहाजहरुलाई खतराजन्य पदार्थ ओसारपसारको अनुमति प्रदान गरेकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विशेष धन्यवाद,” नेपाल वायुसेवा निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

frontline

६३ वर्षदेखि निगमले जनरल कार्गो ओसारपसारमा मात्र सीमित रहेकोमा आगामी दिनहरूमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरूको ओसारपसार मार्फत विदेशी मुद्रा मुलुकमा भित्र्याउन विश्वास लिएको निगमले जनाएको छ । निगमको ए–३३० जहाजको कार्गो बोक्ने क्षमता करिब १५ टन रहेको छ ।

निगमले उक्त अनुमति पाएसँगै आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधीजन्य र विद्युतीय सामान लगायतका सामानहरूको ओसारपसारमा सहजता हुने र उक्त विमानहरूको सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने विश्वास लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here