नेपाल खेलकुद महासंघको अध्यक्ष रमेश पौडेल, वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको पहिलो भेलाले गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।

‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नाराका साथ भेलाले महासंघको संयोजकमा रमेश पौडेललाई चयन गरेको छ ।

frontline

यस्तै  वरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत, उपाध्यक्षमा प्रभातजंग कटुवाल, एकेन्द्र कुँवर, गोविन्द भट्टराई, ध्रुव आचार्य लगायत १२ जना चुनिएका छन् । यस्तै महासचिवमा मेघराज पौडेल चुनिएका छन् । यस्तै सचिवमा वासु नेपाल, सन्तोष वान्तावा लगायतका ७ जना सचिव बनेका छन् ।

भेलाले महासंघको केन्द्रीय कमिटी सदस्य ५५१ जनाको बनाएको छ ।  कमिटी पत्रकार सम्मेलन गरी घोषणा गरिने वरिष्ठ उपाध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here