नेकपा समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष नेपाल नै सर्वसम्मत

फ्रन्टलाइन राजनीति । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा पार्टीका अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ । आइतबार संसद भवन बानेश्वरमा बसेको दलको बैठकद्धारा अध्यक्ष नेपाललाई दलको नेता चयन गरिएको हो ।

श्रोतका अनुसार अब नेता नेपालले दलको प्रमुख सचेतक र सचेतक तोक्नुहुनेछ । नेकपा एमालेबाट छुट्टिएर नेता नेपालको अध्यक्षतामा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो । नेता नेपालसँग ३० सांसद रहेका छन् । नेता नेपालको पार्टी चाँडै देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा समेत रहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here