ने. क. पा. एमाले तारकेश्वर ९ मा ३ को दावी सर्वसम्मत हुने
२६ चैत्र, काठमाडौं । तारकेश्वर नगरपालिकाको वडा नं ९बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा वडा अध्यक्ष एम्मेलवारीको लागी ३जनाको दावी।
आगामी २०७९वैसाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनका लागी न.े क. प. एमालेका तर्फवाट सो संख्यामा आकांक्षी देखिएका छन्।
वडा अध्यक्षका लागी प्रवल दावेदारका रुपमा अघिल्लो निर्वाचन २०७४ दावी राखेका र आसन्न निर्वाचनमा थपिएका केहि नयाँ आकाँक्षीहरुको अनौपचारिक छलफल कार्यक्रममा सहभागि स्रोतका अनुसार दाबेदार गर्नेहरु यी हुन्।
बलराम सिटौला : ने. क. पा एमाले नगरकमिटि सचिवालय सदस्य एवं वडा नं ९का वडा अध्यक्ष वलराम सिटौला यस पटक पनि अध्यक्ष पदका दावेदारका रुपमा देखिएका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा आफ्ना प्रतिस्पर्धी भन्दा १८ मत बढी ४५८ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका थिए।
श्याम कृष्ण महर्जन : ने. क. पा. एमाले तारकेश्वर नगरपालिका वडा नं ९ का वडा कमिटिका अध्यक्ष महर्जन पनि अध्यक्ष पदका प्रवल दाबेदारका रुपमा रहेका छन् ।
तारकेश्वर नगरपालिका वडा नं ९ मा तीन तीन पटक वडा कमिटिका अध्यक्ष भैसकेका श्याम कृष्ण महर्जन राजनितिक र सामाजिक गतिविधिमा सक्रीय रहदै आएका व्यक्तिका रुपमा चिनिन्छन् ।
हरि प्रसाद पाठक : ने क पा एमाले तारकेश्वर नगर कमिटिका सदस्य पनि हुन र तारकेश्वर नगरपालिका भित्रका उत्कृष्ट टोल सुधार समिति बाशुकी नाग टोलका अध्यक्ष हरि प्रसाद पाठक पनि यस पटक आसन्न स्थानीय तहको निर्वाचनमा दावेदारका रुपमा आफुलाई प्रस्तुत गरेक छन् ।
पाठक विभिन्न संघ संस्थामा आवद्ध छन भने उनी राजनितिक र सामजिक अभियन्ता पनि हुन् ।
स्रोतका अनुसार अनौपचारिक छलफलमा तीनै जनाले आ–आफ्नो दाबी रहेको बताए पनि अन्तमा तीन मध्येको उत्कृष्ट ,जनताको भरोसा योग्य प्रत्यक्ष जनतालाई सेवा दिन सक्ने महागठबन्धनका उम्मेदवारलाई सजिलै पराजित गर्न सक्ने सर्वसम्वत उम्मेदवार रहने बताउनुहुन्छ ।
हरी पाठकद्वारा लिखित समाचार
प्रतिक्रिया दिनुहोस्