निशुल्क शव बाहन सञ्चालन गर्दै कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिकाले निशुल्क रुपमा नरपालिकाभित्र शब बाहन सञ्चालन गर्ने निर्णय गरेको छ ।कागेश्वरी मनोहरा नगरपालिकाको आज बसेको नगर कार्यपालिका बैठकले निशुल्क रुपमा शब बाहन सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाले यही चैत्र १६ गतेदेखी निशुल्क रुपमा शब बाहन सञ्चालन गर्ने तयारी गरेको छ ।
नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले स्वास्थ्य सेवा प्रदान गरिरहेको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
आजको कार्यपालिका बैठकमा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञवाली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here