निर्वाचन सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति शर्माको निर्देशन

११ भदौ, काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षामा केन्द्रित हुन प्रधानसेनापति प्रभुराम शर्माले कमाण्ड सेनापतिहरूलाई निर्देशन दिएका छन् ।

शुक्रवार कमाण्ड सेनापतिहरूको दुई दिने समन्वयात्मक बैठकलाई समापन गर्दै प्रधानसेनापति शर्माले चारवटै कमाण्डका कमाण्ड सेनापतिहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले निर्वाचनको सुरक्षामा केन्द्रित हुन कमाण्ड सेनापतिहरूलाई निर्देशन दिए ।

frontline

नेपाल सरकारबाट प्राप्त हुनसक्ने जस्तोसुकै जिम्मेवारी बहन गर्न तयारी अवस्थामा रहनका साथै आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने सुरक्षा चुनौतीहरुलाई सुक्ष्म अध्ययन तथा विश्लेषण गरी सोहीअनुसार अन्य सुरक्षा निकायसँगको सहकार्य गर्न प्रधानसेनापति शर्माले निर्देशन दिए ।

उनले अन्य सुरक्षा निकायका अधिकारीहरूसँग सुरक्षा अवस्थाको बारेमा सूचना आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै नेपाली सेनाले निर्वाह गर्नुपर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन निर्देशन दिए । निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्नसमेत उनले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here