निर्वाचन, रुस युक्रेन युद्धका कारण कागज आपू्र्तिमा ढिलाइ भएकोले समयमै पाठ्यपुस्तक छाप्न सकिएन : शिक्षा मन्त्री

फाइल तस्बिर

३१ जेठ, काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले समयै कागज आपूर्ति नहुँदा पाठ‍्यपुस्त छपाइमा ढिलाइ भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले स्थानीय तह निर्वाचन र  रुस- युक्रेन युद्धका कारण कागज आपू्र्तिमा समेत प्रभाव पर्दा छपाइमा ढिला भएको स्पष्ट पारेका हुन्।

frontline

‘रुस- युक्रेन युद्धका कारण कागज आपूर्तिमा प्रभाव पर्दा छपाइमा केही ढिलाइ हुन गएता पनि मन्त्रालयको नियमित अनुगमन तथा निर्देशनका कारण पुस्तक छपाइ नियमित रुपमा भइरहेको छ,’ उनले भने।

 वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि समेत जनक शिक्षाले काम गर्न परेको हुँदा तोकिएको समयमा पाठ्यपुस्तक छपाईमा ढिलाइ हुन गएको उनको भनाइ छ।

उनले  शैक्षिक सत्रमा पाठ्यपुस्तक पुग्न नसकी पढाइमा बाधा नपरोस भनी सामग्री उपलब्ध हुने वैकल्पिक व्यवस्था गरिएको बताए। पाठ्यसामग्रीमा एकरुपता ल्याइ निजी विद्यालयमा प्रयोग हुने सामग्रीमा नियमन गरिने उनले बताए।

शैक्षिक सत्र २०७९ मा विद्यार्थीका लागि निःशुल्क पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा  १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भएतापनि कक्षा १-३ को पाठ्यपुस्तक नीजि प्रकाशकबाट र कक्षा ११-१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको जानकारी दिए।

मन्त्रीका अनुसार जनक शिक्षा सामग्री केन्द्रबाट कक्षा ४-१० सम्मका विद्यार्थीका लागि जम्मा १ करोड ९६ लाख थान पाठ्यपुस्तक छपाइ गरी वितरण गर्नु पर्नेमा हालसम्म १ करोड ७० लाख थान छपाइ तथा वितरण भइसकेको भन्दै बाँकी छपाइ सम्पन्न हुने क्रममा रहेको छ ।

नीजि प्रकाशकबाट छपाइ एवं वितरण काम भइरहेको उनको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here