निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मंसिर २ गते गर्न सरकारलाई सिफारिस

२२ असार, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको छ। आयोगको बैठकले आगामी मंसिर २ गते संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको हो।

संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी आयोगको रहेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

frontline

‘हामीले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेका छौं। निर्वाचन मिति घोषणा भएपछि आयोगले थप काम अगाडि बढाउँछ,’ उनले भने।

आगामी निर्वाचनलाई लक्षित गरेर असार १ गतेदेखि मतदाता नामावली संकलन थालिएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here