निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि अन्तिम नामावली प्रकाशन
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ। बिहीबारको बैठकबाट अन्तिम मतदाता नामावली स्वीकृति गरेको हो। आयोगले उक्त नामावली आफ्नो वेबसाइटमा राखेको छ।
आयोगले प्रकाशित गरेको नामावली अनुसार इलाम क्षेत्र नम्बर-२ मा १ लाख १५ हजार ८९ मतदाता छन्। प्रदेशसभातर्फ बझाङ १ (क) मा ६१ हजार ७४ मतदाता छन्।
आयोगले उपनिर्वाचन लक्षित गरेर फागुन २९ देखि चैत ५ गतेसम्म मतदाता नामावली संकलन गरेको थियो। देशभर १ करोड ० लाख ८ हजार ९३ मतदाता छन्। आयोगले ८ लाख ८६ हजार २२६ महिला र ९२ लाख दुई हजार ५६९ पुरुष अन्तिम मतदाता नामावलीमा समावेश भएको जानकारी दिएको छ।
आयोगले उल्लेख गरेको विवरणअनुसार मोरङमा सबैभन्दा बढी ७ लाख ३९ हजार ३९० मतदाता छन्। तीमध्ये ३ लाख ६२ हजार ९७३ महिला र तीन लाख ७६ हजार ४११ पुरुष छन्। सबैभन्दा कम मतदाता मनाङमा छन्। मनाङमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता छन्।
प्रतिक्रिया दिनुहोस्