निर्वाचन अपडेट : मतगणना कहाँ-कहाँ सुरु भयो ?

५ मंसिर, चितवन । आइतबार (४ मंसिर) भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज सोमबारबाट देशभर हुने भएको छ

केही ठाउँमा मतगणना सुरु भएको र धेरैजसो ठाउँमा मतपेटिका संकलनको काम हुँदै गरेको निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी गराएका छन्।

frontline

काठमाडौं–७, भक्तपुर–२, ललितपुर–२ र ३ को मतगणना सुरू भइसकेको छ। काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुने आयोगले बताएको छ। देशका अरू जिल्लामा पनि मतगणनाको तयारी सुरू भएको छ।

निर्वाचन आयोगका अनुसार यो पटकको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको विवरण सार्वजनिक गरिएको छ। छिटपुट बाहेक देशका अधिकांश ठाउँमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here