निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्योलमा
२६ कार्तिक, काठमाडौँ – जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन नै अन्योलमा परेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउनको लागि खटाएका जिल्ला निर्वाचन अधिकृत विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै आज शुक्रबार राजीनामा दिएपछि अधिवेशन नै अन्योलमा परेको हो ।
सर्लाहीमा शनिबार वडा अधिवेशन हुने कार्यसूची छ । अधिवेशनको अघिल्लो दिनमात्रै अधिकृतले राजीनामा जिल्लाका नेताहरु राजीनामा फिर्ता गराउन कार्कीसँग छलफलमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्