निर्मला पन्तलाई न्याय माग्दै सावित्री सुवेदी धनगढी मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शनमा

मंगलबार, काठमाण्डु । महिला अधिकारकर्मी सावित्री सुवेदीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी छन् । कञ्चनपुरकी निर्मला पन्तलाई न्याय माग्दै उनले धनगढी पुगेर एक्लै मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रदर्शन गरेकी हुन् ।

‘बलात्कारीलाई फाँसी दे निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ लेखिएको प्ले कार्डसहित उनले मुख्यमन्त्री कार्यालयको गेटमै प्रदर्शन गरेकी हुन् ।

frontline

कालो कपडाको टालो टाउकोमा, मुखमा कालो टेप र कालै कपडाले आफ्नो वक्षस्थल छोपेकी उनको छातिमा रातो अक्षरमा लेखएको थियो– ‘बलत्कारीलाई फाँसी ।’

निर्मला पन्त बलात्कारपछि हत्या घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नपाइएको र दिनप्रतिदिन छोरी चेली बलात्कार हुँदा पनि सरकार चुप रहेका कारण न्यायको माग गर्दै आफू धनगढी आएको उनले बताइन् ।

सरकारले बलात्कारीलाई फाँसी दिने कानून बनाउनु पर्ने र कानून नबनाएसम्म महिलाहरु चुप नबस्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here