निरन्तरको वर्षाले सप्तकोशीको जलस्तरमा वृद्धि
कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर वृद्धि,कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन्
काठमाडाैं । विगत केही दिन यता सप्तकोशी नदीको बहावमा उतार चढावको आइरहेको छ ।
पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको हो ।
सामान्यतया नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ ।
आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।
कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।
कोशीको पछिल्लो मापन अनुसार नदीको वहावमा निरन्तर वृद्धि भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्