नियमितसेवा दिने व्यवसायिक क्षेत्रका कर्मचारीहरुले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने
२ माघ, काठमाडौं । अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमितसेवा दिने व्यवसायिक क्षेत्रका कर्मचारीहरुले अब हप्ताको दुई पटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ ।
अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको हो ।
एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बन्धित निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ ।
कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बन्धित निकाय वा संस्था आफैंले गर्नु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्