नियन्त्रणमा लिएको सवारी साधन सवारी धनीले लिन नजाँदा बेवारिसे

२० पुस, काठमाडौँ । प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको सवारी साधन सम्बन्धित सवारी धनीले लिन नजाँदा त्यस्ता सवारी साधन बेवारिसे बनेका छन् ।

यस्ता बेवारिसे सवारी साधन राख्ने ठाउको अभाव हुँदा ट्राफिक प्रहरीलाई टाउको दुखाई बनेको छ । वर्षौंदेखि थुप्रिएको फोहोरले प्रहरी कार्यालय कवाडीखाना जस्तै बनेका छन् ।

frontline

काठमाडौं उपत्यका मात्र हैन, देशभरका प्रहरी कार्यालयमा छरपस्ट सवारी साधनको व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ ।

यस्ता, सवारी साधन प्रहरी कार्यालयको हातामा नअटेर बाहिरी सडकमा समेत राख्दा सडक अतिक्रमित भई आवागमनमा समेत बाधा पुगेको छ ।

कानूनी जटिलताका कारण प्रहरी स्वयंले यी सवारी साधन लिलामी गर्न सक्दैन । उपत्यकाको विभिन्न ट्राफिक प्रभाग तथा काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा गरि झण्डै २ हजार मोटरसाइकल बेवारिसे अवस्थामा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीकाअनुसार यसरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सवारी धनी पहिचान गरी फर्काउने गरेको छ । तर धेरै कर तिर्न बाँकी, कवाडी अवस्थामा पुगेका र ईन्सुरेन्सबाट क्षतिपूर्ति लिएकाहरु आफ्नै साधन लिन आउने जाँगर चलाउँदैनन् ।

अर्कातिर यस्ता सवारी साधन निजि सम्पति भएकाले लिलाम गर्न कानून बाधक रहेको प्रवक्ता भट्ट बताउनुहुन्छ ।

काठमाडौ उपत्यका ट्राफिक प्रहरी आफ्नो स्वामित्वमा राखेका सवारी साधन व्यवस्थापनको लागि कानून संशोधन गर्ने पहल भइरहेको जनाएको छ ।

राहदानी जस्तै, वर्षौंदेखि चुनौतिपूर्ण देखिएको यो समस्याप्रति सरकारले तदारुकता देखाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here