निजामती ऐन र प्रहरी समायोजनका लागि मुख्यमन्त्री यादवले संघीय सरकारलाई दिएअल्टिमेटम

मेवालाल यादव
कार्तिक २९ , रौतहट

frontline

रौतहटको राजदेवी नगरपालिका -१ पथरा पोखरी बजारको प्राङ्गणमा आज जनता समाजवादी पार्टी नेपालको नगर कार्यसमिति राजदेवीद्वारा आयोजित शुभकामना आदानप्रदान, संगठन विस्तार अभियान कार्यक्रम सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टी नेपाल राजदेवी नगर कार्य समितिका अध्यक्ष बिरेन्द्र महतोको अध्यक्षता शुभकामना आदानप्रदान, संगठन विस्तार कार्यक्रम सम्पन्न भएको हो ।

संघीय सरकारले जनसंख्याको अनुपातमा मधेश प्रदेशमा बजेट नछुट्याउने गरेका मधेश प्रदेश विकास निर्माण देखी लिएर हरेक क्षेत्रमा पछाडि परेको बताएका छन् ।
देशको कुल संख्याको आधि भन्दा बढी जनसंख्या तराई मधेशमा भएपनि केन्द्र सरकारले जनसंख्याको हिसावले प्रर्याप्त बजेट विनियोजन नगर्ने गरेका कारण तराई मधेशमा विकास हुन नसकेको र यहाँका जनता चरम गरिवि, अशिक्षा र बेरोजगारीको चपेटामा परेको पुर्व राज्य मन्त्री योगेन्द्र यादवले बताउनु भयो ।

मधेसी जनताको पहिचान तथा अधिकारका लागि मधेस आन्दोलन गरेका पुर्व प्रदेश सान्सद रामकिशोर प्रसाद यादवले बताउनु भयो ।साथै उनले हिन्दुहरुकाे महान चाड पर्व दिपावली एवम् छठ्काे हार्दिक शुभकामना व्यक्त गरेका छन्।

Exif_JPEG_420

निजामती ऐन र प्रहरी समायोजनका लागि आफुहरुले संघीय सरकारलाई एक महिने अल्टिमेटम दिइसकेको बताउँदै मुख्यमन्त्री यादवले एक महिना भित्रमा संघीय सरकारले आफुहरुको माग सम्बोधन नगरे संघीय सरकार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।
संघीय सरकारले संघीयता समाप्त पार्ने जति जालझेल र सडयन्त्र गरेपनि आफुहरुले कुनै हालतमा संघीयता समाप्त हुन नदिने उनले बताए । आन्दोलन गरेर भएपनि प्रदेशले आफनै प्रहरी प्रशासन र कर्मचारी राख्न पाउने भनी संविधानमा उल्लेख भएको अधिकार लिएरै छाड्ने मुख्यमन्त्री यादवले बताएउनु भयो ।

Exif_JPEG_420

सो कार्यक्रममा केन्द्रीय सदस्य विन्देश्वर यादव, केन्द्रीय सल्लाहकार बिश्वनाथ पटेल, मधेस प्रदेश सान्सद शोभा साह , केन्द्रीय सदस्य किरण ठाकुर,जसपा पार्टीको रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव, माधव नारायण नगरपालिकाका पूर्व नगर प्रमुख बिरेन्द्र यादव, समाजवादी युवा संघको केन्द्रीय महासचिव दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेल, प्रदेश सदस्य मो. कलाम, प्रादेशिक अस्पताल गौरका ब्यवस्थापन समिति सदस्य ललन यादव , उपेन्द्र यादव , सर्लाही जिल्ला इन्चार्ज रामअशीष राय यादव, केन्द्रीय परिषद सदस्य दिनेश यादव, युवा संघको जिल्ला अध्यक्ष पुन प्रताप पटेल लगायत पार्टीका नेता कार्यकर्ता, सञ्चारकर्मी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here