निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन

स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा कोरोना संक्रमितको उपचार निःशुल्क गरिदै

विराटनगर । नोबेल शिक्षण अस्पतालले निःशुल्क कोरोना ओपीडी सेवा सञ्चालन गरेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेसनमा बसेका संक्रमितको परीक्षणका लागि नोबेलले कोरोना ओपीडी सेवा सञ्चालन गरेको अस्पतालका निर्देशक डा.राजेश नेपालले बताए । 

frontline

नोबेलले बेग्लै क्षेत्र छुट्याएर बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड ओपीडी सञ्चालन गरेको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्ति र होम आइसोलेसनमा बसेका संक्रमितको उपचारमा समस्या हुँदै आएको पाइएकाले उनीहरुको सहजताका लागि निःशुल्क कोभिड ओपीडी सञ्चालन गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए 

नोबेलमा सरकारले तोकेको अधिकतम शुल्कभन्दा ५ सय रुपैयाँ कम अर्थात १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा नोबेलमा कोरोना संक्रमितको उपचार पनि निःशुल्क गरिदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

poster-here