नारायणी र सहायक नदीहरुमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह

चितवन । नारायणी नदी र यसका सहायक नदीहरुमा आज पानीको बहाव सतर्कता तह आसपास पुग्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली र महाकाली नदिको बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाले बताएको छ ।

frontline

नारायणी र महाकालीमा भोलि आइतबार पनि बाढीको सतह बढ्ने अनुमान गरिएको छ । चितवन, नवलपुर, नवलपरासी लगायत ३९ वटा जिल्लाका नदी तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

poster-here