नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

२ कार्तिक, चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा बनाउने भनिएको बहुप्रतिक्षित सिग्नेचर पुलको लागि ठेक्का आह्वान भएको छ ।

हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । पुरानो पुल जिर्ण भइसकेको छ ।

frontline

पुलको भार बहन क्षमताको म्याद सकिसकेकाले जतिबेला पनि भत्किन सक्ने जोखिम रहेकाले अब त्यस ठाउँमा सिग्नेचर पुल बनाउन लागिएको हो ।

यसअघि विभिन्न नेताहरुले नारायणी नदीमा सिग्नेचर पुल बनाउने आश्वासन दिँदै भोट माग्ने गरेका थिए । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो ।

बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान भएपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले बधाई दिएकी छन् ।

नारायणी नदीको पुल निकै पुरानो भइसकेको छ । अहिलेको पुलमा ठूलो दुर्घटना हुनसक्ने भन्दै नयाँ पुल निर्माणका लागि पटकपटक नगरिक स्तरबाट दबाब दिँदै आइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here