नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

फाइल तस्बिर

२४ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। पीसीआर विधिबाट परीक्षण गर्दा श्रेष्ठलाई कोरोना पुष्टि भएको हो।

उनले आफूलाई संक्रमण देखिएपछि हाल होमआइसोलेसनमा रहेको बताएका छन्। आफूसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैले सावधानी अपनाउन पनि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरेका छन्।  

frontline

‘परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु’, उनले भनेका छन्,

‘हालसालै मसंग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि कोरोना संक्रमण भएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here