‘नायक’ फिल्मको सिको : १६ वर्षीया किशोरी एक दिनका लागि गाउँपालिकाको अध्यक्ष

मोरङ । वलिउड फिल्म अभिनेता अनिल कपुरलाई ‘नायक’ फिल्ममा एक दिनको मुख्यमन्त्री (सिएम) वनाएको सिको गर्दै मोरङको बुढीगंगा गाउँपालिकामा १६ वर्षीया एक किशोरीलाई एक दिनका लागि गाउँपालिकाको अध्यक्ष बनाईएको छ।

राष्ट्रिय बाल दिवसको अवसर पारी १६ वर्षीया सुस्मिता ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको हो । गाउँपालिकामा बैठक बसेर ऋषिदेवलाई अध्यक्षमा चयन गरिएको हो। ११ वजे कार्यभार सम्हालेकी ऋषिदेवले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउने गरी निर्णय गरिएको छ ।

frontline

उनको अध्यक्षतामा वसेको वैठकले गाउँपालिकालाई बालमैत्री बनाउने, बालविवाह अन्त्य गर्नको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र बालबालिकाहरूले कार्यक्रमहरू सञ्चालन गर्न ५० हजार रूपैयाँको कोष खडा गर्ने निर्णय समेत गरेको गाउँपालिका निर्वाचित अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए। 

’स्थानीय, प्रदेश र संघीय सरकार कसरी काम गर्छ। बैठकहरू कसरी सञ्चालन हुन्छ। यसको काम कर्तव्य के कस्तो हुन्छ आदि कुराबारे बालबालिकाहरूलाई जानकारी गराउन एक दिनको लागि उनलाई अध्यक्ष वनाईएको माझीको भनाई छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here