नागार्जुनका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई चाइना फाउन्डेसनद्धारा तेश्रो चरणको राहत वितरण

नागार्जुन नगरपालिका र चन्द्रगिरी नगरपालिकाको १२ वटा सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकलाई चाइना फाउण्डेशन फर पोभरटी एलिभिशेन नेपाल र राष्ट्रिय अपांग  पुनःस्थापना समाज नेपालको सहयोगमा २३८३ विद्यार्थीका अभिभावकलाई तेश्रो चरणको राहत वितरण सम्पन्न भएको छ । 
नागार्जुन–६ को सीताराम माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बागमती प्रदेशका प्रदेश सदस्य केशब प्रसाद पोखरेलको समन्वय र चाइना फाउण्डेशनको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई लक्षित गरेर उक्त राहत वितरण कार्य तय गरिएको हो । माननीय पोखरेल “नेपाल चीनको जनता–जनता विचको सम्बन्ध प्रगाढ गाडा एवम ऐतिहासिक रहेको छ । अत अभूतपूर्व संकटको सामना बीच हाम्रो मनहरु अतालिएका थिए, हामीबीच सामाजिक दूरी बढेको थियो । तैपनि मानवीय संवेदना र भावनात्मक सम्बन्धले छिमेकि देश चीनले नागरिक–नागरिकलाई जोडिरहेको थियो । नेपाली जनताप्रति मित्र राष्ट चीनले «देखाएको अतुलनिय सद्भाव, अनुपम सहयोग प्रति धन्यवाद” दिनु भएको थियो । 

नागार्जुन नगरपालिका उपमेयर शुसीला अधिकारीले “कोरोना भाइरसको महामारीले गर्दा भौतिक आवागमन निषेध भएको अवस्थामा विश्वजगत ठप्प भएको थियो । यस शताब्दीको खतरनाक भाइरसको कारण लाखौ मानिसको मृत्यृले संसार स्तब्ध भएको घडीमा मानिसहरुको दैनिकी विषम अवस्थामा पुगेको थियो । चीनले आफू संकटमा पर्दा पनि नेपाल र नेपाली जनतालाई निरन्तर सहयोग गरेको स्मरण योग्य भएको बताइन ।” 

frontline

वि.स. २०७७ बैशाख महिना देखि विद्यालय खाजा कार्य संचालन गर्ने भनिए पनि विषम परिस्थतीका कारण उक्त कार्यक्रम लागु गर्न नसकिएकोले विद्यार्थीहरुलाई राहत उपलब्ध गराएको थियो । विषम परिस्थतीमा चाइना फाउनडेसनले नसरी कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीका अभिभावकलाई राहत स्वरुप २५ के.जि चामल, ५ के.जि दाल र ३ लिटर तेल वितरण गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

फ्रन्टलाइन नागार्जुन

poster-here