नागरिकलाई तीन बच्चा पाउन चीनले दियो अनुमति

फ्रन्टलाइन विश्व परिवेश । छिमेकी मुलुक चीनले आफ्ना नागरिकलाई तीन बच्चा पाउन अनुमति दिएको छ । यसअघि दुई वटा बच्चा मात्रै जन्माउन पाइने नीति कडाइका साथ पालना गर्दै आएको चीनले जनसंख्याको विषयमा उत्पन्न चासो एवम् गुनासो सम्बोधन गर्दै यो नीति अबलम्बन गरेको हो ।

अब कुनै पनि अभिभावकले चाहेमा तीन बच्चा पाउन उनीहरू स्वतन्त्र हुने बीबीसीलगायत सञ्चारमाध्यमले जनाएका छन् । दुई बच्चा नीति अघिसम्म चीनले वन चाइल्ड पोलिसी अर्थात् केबल एक बच्चा मात्रै पाउन सकिने नियम समेत ल्याएको थियो । चीनमा बढ्दो खुलापनको चाहनालाई यो नीतिले केही हदसम्म सम्बोधन गर्न सक्ने ठानिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here