नाइजेरिया​मा म्याद गुज्रेका १० लाख डोज खोप नष्ट

१२ पुस, आबुजा ।  नाइजेरियाले कोभिड १९ विरुद्ध करिब १० लाख डोज एष्ट्राजेनेका खोप नष्ट गरेको छ। नाइजेरियाले हालै म्याद गुज्रेका १० लाख खोपको डोज बाध्यतावश नष्ट गरेको हो।

आफूले ठूलो मात्रामा कोभिड १९ विरुद्धको खोप नष्ट गर्नुपरेको भन्दै नाइजेरियाको राष्ट्रिय प्राथमिक स्वास्थ्य विकास केन्द्रले दुख व्यक्त गरेको छ।

frontline

‘नाइजेरियाका नागरिकका लागि पश्चिमा मुलुकहरुले उपलब्ध गराएको १० लाखभन्दा बढी एष्ट्राजेनेका खोपको डोजको म्याद सकिदा हामीले बाध्यतापुर्वक नष्ट गर्नुपरेको छ’ केन्द्रले भनेको छ, ‘विकसित मुलुकहरुले म्यान गुज्रिनै लाग्दा हामीलाई त्यत्रो मात्रामा खोप उपलब्ध गरायो।र खोप वितरण गर्न नपाउँदै म्याद सकियो र हामीले नष्ट गर्नुपर्यो। यसप्रति हामी दुखित छौँ।’

खोप नष्ट गरेसँगै नाइजेरियाले अन्तर्राष्ट्रिय डोनेसन स्वीकार नगर्ने घोषणासमेत गरेको छ। यस्तै अफ्रिकी मुलुक सिनेगलले कोभिड १९ विरुद्ध म्याद गुज्रेका करिब ४ लाख डोज खोप नष्ट गर्ने तयारी गरिरहेको बताइएको छ।

यसअघि कंगोले गत अप्रिलमा म्याद गुज्रेको भन्दै करिब १ करोड लाख खोप फिर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here