नाइजेरियामा रेलवे स्टेशनमा आक्रमण, ३२ जनाको अपहरण

२५ पुस, एजेन्सी । नाइजेरियामा सशस्त्र बन्दुकधारी समूहले एक रेलवे स्टेशनमा आक्रमण गरी ३२ जनाको अपहरण गरेको छ ।

नाइजेरियाको दक्षिणी प्रान्तको अनम्बरा प्रान्तको इकिमी रेलवे स्टेशनमा प्रवेश गरेका बन्दुकधारी समूहले रेलको प्रतीक्षामा रहेकाहरु मध्येबाट ३२ जनाको अपहरण गरेको हो । यसैबीच नाइजेरियाको सेना र प्रहरीले अपहरणमा परेकाहरुको खोजी कार्य तीब्र बनाएको छ ।

frontline

अत्याधुनिक हातहतियारसहित कारमा आएका बन्दुकधारीहरुले रेलवे स्टेशनमा कयौं राउण्ड हवाई फायर गरेपछि ३२ जनालाई साथमा लगेर भागेका हुन् । घटनामा नाइजेरियाको विद्रोही समूह बोको हरामको संलग्नता रहेका आशंका गरिएको छ।

यद्दपी बोको हरामले भने याे घटनाको जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here