नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट १४० जनाको मृत्यु
२४ पुस, नाइजेरिया । नाइजेरियामा बन्दुकधारीको आक्रमणबाट १४० जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।
लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ।
स्थानीय एक नेताले लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन्।
सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले भने घटनाका बारेमा पुष्टि गर्न बाँकी रहेको समाचारमा जनाइएको छ।
आक्रमणकारीले मोटरसाइकलमा आएर १० गाउँमा आक्रमण गरेका थिए ।
उनीहरुले घर–घरमा गएर गोली प्रहार गर्ने, लुटपाट गर्ने गरेको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्