नवीन पटेल आम सांस्कृतिक महासंघ रौतहटको अध्यक्षमा चयन
मेवालाल यादव
रौतहट, असार ९
रौतहटको मौलापुरस्थित मौलापुर पार्क होटलमा सम्पन्न आम सांस्कृतिक महासंघ मधेश प्रदेशको बैठकले नवीन सिंह पटेललाई आम सांस्कृतिक महासंघ रौतहटको अध्यक्षमा सर्वसम्मतरूपमा चयन गरेको छ।
बैठकमा आजपाको अध्यक्ष प्रभु साह प्रमुख अतिथि रहेका थिए भने मेयर रीना कुमारि साह, महासंघका सचिवालय सदस्य अमित साह, आम सांस्कृतिक महासंघ मधेश प्रदेशका अध्यक्ष सरिता साह लगायत सयौं सांस्कृतिककर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकले नव-निर्वाचित अध्यक्ष पटेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै, कलाकारहरूको अधिकार, सम्मान र पहिचानका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिएको छ। साथै संगठन निर्माण तथा विस्तारलाई थप सुदृढ गर्दै संघर्षलाई अगाडि बढाउने निर्णय समेत बैठकले गरेको छ।
नव-निर्वाचित अध्यक्ष पटेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार प्रकट गर्दै सांस्कृतिक क्षेत्रको विकास र कलाकारहरूको हितमा निरन्तर प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे।






प्रतिक्रिया दिनुहोस्