नवलपुरमा सवारी दुर्घटना, दुईको मृत्यु, १६ जना घाइते

२४ कात्तिक, हेटौंडा  : पुर्व पश्चिम सडक खण्ड अन्तर्गत हेटौंडा-११ नवलपुरमा ट्रक र बस एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन ।

मंगलबार राति जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र बिपरित दिशा बाट आउदै गरेको प्रदेश २ -०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठाेकिएर दुर्घटना भएको हो ।

frontline

दुर्घटनामा अन्दाजी ३०/३५ बर्षीय र २०/२५ बर्षीय दुई जनाको पुरुष व्यक्तिको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताएका छन । उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

घाइते भएका १६ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक चालक घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको डिएसपी रिमालले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here