नवलपरासी एमालेको चुनाव

२७ कार्तिक, परासीमहाधिवेशन प्रतिनिधि चयनमा सहमति जुट्न नसकेपछि पश्चिम नवलपरासी एमालेमा निर्वाचन हुने भएको छ। नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तरगत हुने महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रबार सहमति नजुटेपछि शनिबार निर्वाचन हुने भएको हो। 

जिल्लामा २ संघीय निर्वाचन क्षेत्र छन्। एउटा निर्वाचन क्षेत्रबाट २ जना महिला र ४ जना खुला महाधिवेशन प्रतिनिधि चयन हुने छन्। जिल्लाका २ वटा निर्वाचन क्षेत्रबाट कुल ४ महिलासहित १२ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो। जसमा ११ जना महिला र २० जना खुला गरी कुल ३१ जनाको उमेदवारी परेको छ। उमेदवारी परेको निर्वाचन क्षेत्रअनुसार क्षेत्र नं. १ बाट ५ महिला र ९ खुलातर्फ छन्। 

frontline

यहाँ २८ सय ७५ मतदाता छन्। निर्वाचन क्षेत्र नं. २ बाट ६ महिला र ११ जना खुलातर्फ उमेदवारी परेको छ। यहाँ ३८ सय ७६ मतदाता छन्। दलिततर्फ जिल्लाबाट २ जना प्रतिनिधि चयन हुने प्रावधानअनुसार पार्टी अध्यक्ष तुलसी पासी र सदस्य राजु हरिजन निर्विरोध भएका छन्।

उमेदवारी दिनेमा प्रदेशसभा सदस्य, मेयर र उपमेयरसहित जिल्ला र प्रदेश स्तरका नेतासम्म छन्। संघीय निर्वाचन क्षेत्र नं. १ बाट प्रदेश सभा सदस्य दीपेन्द्र अधिकारी, बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मालगायतका नेता छन्। त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट प्रदेश सभा सदस्य भगवती भण्डारी, सुनवल नगरपालिकाका उपमेयर दधिराम अर्याल, जिल्ला सचिव थानप्रसाद गैरेलगायतका नेताहरुले उमेदवारी दिएका छन्। 

उमेदवारी दिने सबैले राजनीति रुपमा समान हैषित रहेको भन्दै एक अर्कालाई स्विकार गर्न नसकेपछि सर्वसम्मत हुन नसकेको एक कार्यकर्ताले बताए। निर्वाचन क्षेत्र नं. १ को बर्दघाटको पुनर्वास र क्षेत्र नं. २ को सुनवलको स्वाठीमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गते चितवनमा हुँदै छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here