नवनियुक्त उपाध्यक्ष पौडेलले कोभिड–१९,बाढी पहिरो प्रभावका बारेमा ध्यान दिने बताए
बिहीबार, काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष विश्वनाथ पौडेलले कोभिड–१९ र बाढी पहिरोको प्रभावका बारेमा ध्यान दिने बताएका छन् ।
बिहीबार बिहान पदभार ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सो कुरा बताएका हुन् । अब नियमित कामका साथै समग्र योजनाको गुणस्तर बढाउने, अर्थसहितका अन्य मन्त्रालयलाई छुटब्याक दिने र आफूलाई चाहिने निकायलाई बलियो बनाउने लक्ष्य रहेको पौडेलले सुनाए ।
उपाध्यक्ष पौडेलले भने, ‘कोभिड र फ्ल्डको इम्प्याक्टको बारेमा हामीले हेर्नुपर्नेछ, त्यसपछि रेगुलर काम, ओभरल प्लानिङको गुणस्तर बढाउने र अर्थलगायत अरु मन्त्रालयहरुलाई छुट ब्याक दिने काम र हामीलाई चाहिने अरु निकायहरुलाई बलियो बनाउने हाम्रो लक्ष्य छ, सरहरु र कर्मचारीबाट यही अपेक्षा छ ।’
उनले आफ्नो बाँकी कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने प्रतिज्ञा पनि गरे ।
प्रतिक्रिया दिनुहोस्