नलगाड नगरपालिकामा वडाबाटै सामाजिक सुरक्षा भत्ता

२१ माघ, काठमाडौं । ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्तलाई बैंकसम्म आएर भत्ता बुझ्न समस्या हुने भएपछि नलगाड नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बाँड्न शुरू गरेको छ । 

नगरपालिका भित्रका सबै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण थालिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए । अहिले पालिकाको प्रशासकीय केन्द्र दल्लीमा बैंक रहेको कारण टाढाको वडाबाट आउन जान मात्र २ दिन लाग्ने भएपछि वडाबाटै भत्ता वितरणको काम गरिएको अधिकृत गिरीले जानकारी दिए ।

frontline

बैंकमा भत्ता लिन आउँदा र जाँदा भाडामा नै धेरै रकम खर्च हुने भएपछि गाउँ घरकै वडा कार्यालयबाट भत्ता वितरणको काम शुरू गरी सेवा प्रवाहमा सहजता ल्याइएको छ । 

नगपालिकामा १३ वडा छन् । साविकका ५ गाविस मिलाएर नगरपालिका बनेको हो । प्रत्येक वडामा १ दिन लगाएर भत्ता वितरणको काम शुरू भएको छ । गाउँमै भत्ता पाएपछि आफूहरू खुशी भएको नलगाड नगरपालिका–८ का बले कामीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here